तपाइँलाइ akaladevisirsekot.blogspot.com -एक प्रचारत्मक अभियानमा यहाँलाई हार्दिक स्वागत छ तपाईलाइ यस मन्दीरको दर्शन गर्नका लागि हार्दिक अभिबादन गर्दछ !!! यस मन्दिर सम्बन्धि जानकारी हरु छन् भने akaladevi.sirsekot@gmail.com इमेल गर्नुहोस !!!

Friday, December 18, 2009

Shree अकला देवी-०३ सिर्सेकोट


प्रख्यात धार्मिक स्थल श्री अकलादेवी स्थान गण्डकी अंचल स्यांग्जा जिल्ला सिर्सेकोट गा.बि.सा. वडा न. ३ घुरुंग खाँ मा अवस्थित छ | १३०० मिटर उँचाइमा रहेको डाँडाको जंगल बीचमा रहेको श्री अकला देवी स्थान जहाँ पुगे पछि यहाँको प्राकृतिक सौन्दर्यले दर्शनमा आएका दर्शनार्थीहरुलाइ मोहित तुल्याउँछ |
हिन्दु ग्रन्थ अनुसारको तेत्तीसकोटी देवी देवता भित्र पर्ने श्री अकला देवी शक्तिपीठको रुपमा मान्दै आएको छ | परापुर्वकाल देखि नै मान्दै आएको भनाइ रहेको श्री अकला देवी को अध्ययन अनुसन्धान भै नसकेकोले कुन काल र समयमा उत्पत्ति भएको हो भन्ने कुनै प्रमाण शीला लेख ताम्रपत्र केहि भेटिएको छन् | यहाँका बुढापाकाहरु र लोक्कहावत अनुसार सत्य युगमै अक्लादेवी सिर्सेकोट गा.वि.सा. वडा न. ३ घुरुंग खाँ मा आइपुग्दा प्रसब बेदना (सुत्केरी बेदना) ले ग्रस्त भएपछि रातको समयमा त्यहीं स्थानको सुनसान एकान्त जंगलमा बास भएको र रात भर प्रसब बेदनाले छट्पटइ रहेको बेला सबै ठाउँबाट देवीहरु अकला देवीको सुत्केरी भएको हेर्न र सहयोगको लागि आइ रहेको समयमा बिहानी उज्यालोको संकेत स्वारूप कुखरा को भाले बासे पछि मानिस हरु र जीब जन्तु हरु आवत-जावत गर्न थाले पछि अनिस्ट भै अकला देवी र सहयोगका लागि आएका देवी देबता हरु शीला ढुंगामा परिणत भएको ले त्यस ठाउँमा अकला देवी को तीनवटा शीला ढुंगा प्रसब बेदनाले छत्त्पताएको र बच्चा जन्माउना लागेको तर नसकेको आकृति बच्चा योनिमै अड्किए जस्तो मुर्ति देख्ना सकिन्छा भने त्यसपाखा भरिका ढुंगाहरु अकला देवी स्थान तिरै फर्किएको जस्तो आकारको देखना सकिन्छा | यसरि आकाल-बिकाल मा परेको अवस्था रहेको ले अक्लादेवी नाम रहना गएको भनाइ रहेको छ | मन्दिर भित्र सबै भन्दा माथि तीनवटा देवताका आकृति हरु छुट्टा-छुट्टै ढुंगामा अवस्थित छन् | त्यसै कारण ले तीन कन्या अकला देवी पनि भन्ने गरिन्छ | नजिकै देवी को प्रसब बेदनामा सहयोग गर्ने सुडेनी ढुंगा हरु पनि देखिन्छ |
बुढापाका हरु को भनाइ अनुसार करीब तीनसय वर्ष पहिले यस ठाउँका क्ल्याप्री श्री मनराज गुरुङ ले उनलाई राती तीन कन्या हरु ले बोलाएर लागेको र हाल अकला देवी रहेको स्थान मा पुग्दा ती तीन कन्या अलप भएको ले त्यस ठाउमा आफ्नो साथमा भएको हातियार हँसियागाडेर राखेको र बिहान हेर्न जांदा ती देविका आकृति भएको ढुंगा को मुर्ति हरु देखा परेरा त्यसै समय देखि देवीको सेवा स्स्रुस्रुसा पुजापाठ गर्न शुरु गरेको भनाइ रहेको छ | पछि नेपाल राज्य ले देशमा मुखिया जिम्मुवाल को व्यवस्था शुरुवात भएपछि अकला देवीको रेखदेख पुजापाठ उनीहरु बाटै हुन थालेको थ्यो |
यस अकला देवी लाइ भक्तजन हरुले अकाल बिकाल मा मर्न नपरोस, सन्तान प्राप्ति होस्, सुत्केरी राम्रो संग होस्, रोग व्याधि न लागोस, पशिपालन मा राम्रो होस्, खेतीबाली राम्रो होस्, शत्रु नास होस् तथा हरेक कार्यमा सफलता मिलोस भन्ने मनोकामना पुरा होस् भनि अकला देवी संग भाकल गरेको हुन्छ | एकादसी र औंसी को दिन बाहेक हरेक दिन पुञ्ज पाठ चालु रहन्छ | बडा-दशैं, मङ्सिर पुर्णिमा, चैत्र अस्तमी र बैसाख पुर्णिमा का दिन हजारौं भक्तजन र दर्शनार्थी हरु बाट पुजापाठ र ठुलो रूप मा मेला लाग्ने गर्छ |
अकला देवी स्थान पुग्नाको लागि सिद्धार्थ राजमार्गको पोखरा बाट स्यांग्जा वालिंग हुँदै ६८ किलोमीटर र भैरहवा बाट बुटवल तानसेन पाल्पा राम्दी गल्यंग हुँदै १३० किलोमीटर मा पर्ने बायान्तारी बाट पश्चिम ७ किलोमीटर सिर्सेकोट गा.बि.सा. वडा न. घुरुंग खाँ भै अकला देवी स्थान पुग्न सकिन्छ | बसोबास का लागि ग्रामिण पर्यटकीय गाउँ घुरुंग खाँ - मैदान मा घरबास ( होमस्टे) भएकोले पारिवारिक वातावरण मा खाना बस्न पाइन्छ |
-संकलन कर्ता श्रीमान "मानध्वज मैन तमु "         साभार फेसबुक पेज बाट