प्रख्यात धार्मिक स्थल श्री अकलादेवी स्थान गण्डकी अंचल स्यांग्जा जिल्ला सिर्सेकोट गा.बि.सा. वडा न. ३ घुरुंग खाँ मा अवस्थित छ | १३०० मिटर उँचाइमा रहेको डाँडाको जंगल बीचमा रहेको श्री अकला देवी स्थान जहाँ पुगे पछि यहाँको प्राकृतिक सौन्दर्यले दर्शनमा आएका दर्शनार्थीहरुलाइ मोहित तुल्याउँछ |
हिन्दु ग्रन्थ अनुसारको तेत्तीसकोटी देवी देवता भित्र पर्ने श्री अकला देवी शक्तिपीठको रुपमा मान्दै आएको छ | परापुर्वकाल देखि नै मान्दै आएको भनाइ रहेको श्री अकला देवी को अध्ययन अनुसन्धान भै नसकेकोले कुन काल र समयमा उत्पत्ति भएको हो भन्ने कुनै प्रमाण शीला लेख ताम्रपत्र केहि भेटिएको छन् | यहाँका बुढापाकाहरु र लोक्कहावत अनुसार सत्य युगमै अक्लादेवी सिर्सेकोट गा.वि.सा. वडा न. ३